अमेरिकाको उटाहमा रहेको मरुभूमिमा एक व्यक्तिले आफ्नै देश बनाएका छन् । ज्याक ल्याण्डसबर्ग नाम गरेका ती व्यक्तिले उक्त देशको नाम रिपब्लिक अफ जाकिस्तान राखेका छन् र आफूलाई उक्त देशको राष्ट्रपति घोषित गरेका छन् । यद्यपि, यस नयाँ देशलाई आधिकारिक मान्यता भने दिइएको छैन । चार एकड जमिनमा बनाइएको यस देश नजिकको सहरभन्दा ९६ किलोमिटर टाढा रहेको छ भने सडक २४ किलोमिटर टाढो रहेको छ ।
बक्स एल्डर काउन्टीमा रहेको यस जग्गालाई ज्याकले करिब ६ वर्ष अघि अनलाइनमार्फत खरिद गरेका थिए । उनले यस क्षेत्रलाई सार्वभौम राष्ट्र बनाउन चाहन्थे तर यो निकै अप्ठ्यारो काम थियो । ratopati
Wednesday, 25 May 2016
एक व्यक्तिले बनाए नयाँ देश, जारी गरे पासपोर्ट
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment