काठमाडौं, १ जेठ । नेपाली सेनाले शान्ति कायम गर्ने नाममा संयुक्त राष्ट्रसंघमार्फत गरिरहेको सैन्य कार्यबारे व्यवस्थापिका संसद्मा प्रश्न उठेको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जबाफ दिएपछि बोल्दै नेपाल मजदुर किसान पार्टीकी सांसद् अनुराधा थापा मगरले सेनालाई भाडाका सिपाही नबनाउन माग गरेकी हुन् ।
‘शान्ति सेनाका नाममा नेपाली सेनालाई भाडाका सिपाही नबनाऊ’, उनले भनिन, ‘भारतले सीमाना मिचिरहेका बेला आफ्नो सीमाना जोगाउन सेनालाई परिचालित गर ।’
सांसद् मगरले भारतसँगको खुल्ला सीमानाका कारण नेपाली समस्या परेको बताइन् । ‘खुल्ला सीमानाका कारण भारतले मिच्दै नेपालीलाई दुःख दिइरहेको छ’, उनले भनिन, ‘त्यसैले खुल्ला सीमाना नियन्त्रणतर्फ सरकारले पहल गरोस् ।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainiknepal
Saturday, 14 May 2016
‘नेपाली सेनालाई भारतीय सीमामा खटाउ’
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment