Saturday, 14 May 2016

कपाल फुलेर चिन्तामा हुनुहुन्छ ? यि घरेलु उपाय अपनाउनुस

काठमाडौं, २५ वैशाख । असमयमै कपाल फुलेर हैरान हुनुभएको छ भने यसरी कपाललाई पुनः कालो बनाउन सक्नुहुन्छ ।
अमलाः अमला खाने, यसलाई मेहदीमा मिसाएर अनुहारमा दल्ने र नरिवलको तेल तताएर यसमा अमलाको रस मिसाइ टाउको मसाज गर्ने गर्नाले कपाल कालो हुँदै जान्छ ।
मरिचः कालो मरिचका दुई दाना पानीमा राखी उमाल्ने र यसरी उमालेको पानी सेलाइ टाउको धुने गर्नले कपाल कालो हुँदै जान्छ ।
कफीः कफी र ब्ल्याक टीको घोललाई फुलेको कपालमा लगाउनाले पनि कपाल कालो हुन्छ ।
घ्यूकुमारीः घ्यूकुमारीमा कागतीको रस मिसाइ पेस्ट बनाएर फुलेको कपालमा लगाउने र सुकेपछि पखाल्ने ।
दहीः मेहदी र दही समान मात्रामा मिसाई पेस्ट बनाउने कपालमा लगाउने । यो गर्दा कालो हुँदै जान्छ ।
प्याजः नुहाउनुभन्दा केही समयअघि कपाल फुलेको ठाउँमा प्याजको रस लगाउने कपाल कालो हुँदै जान्छ ।
भृंगराजः भृंगराज र अश्वगन्धाको जराको पेस्ट बनाई यसलाई नरिवलको तेलसँग मिलाएर टाउकोमा लगाई आधा घण्टापछि मनतातो पानीले धुने ।
दूधः कपाल कालो बनाउन दूध लाभदायक हुन्छ । सातामा एकपटक काँचो दूधले कपाल मसाज गर्दा कपाल कालो हुन्छ ।
स्रोतः स्वास्थ्य खबर

No comments:

Post a Comment