Tuesday, 17 May 2016

व्यस्त बजारमा बम विस्फोट, ३९ को मृत्यु, दर्जनौँ घाइते,ठूलो जनधनको क्षति

बग्दाद, इराकको राजधानी सहर बग्दादमा इस्लामिक स्टेट समूहलले गरेको बम विस्फोटमा परी कम्तीमा पनि ३९ जनाको ज्यान गएको समाचार छ ।
मारिनेमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ ।
मङ्गलबार अपराह्न सो विस्फोट भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी पनि आईएसले नै लिएको जनाइएको छ ।
राजधानीमा आईएसका लडाकूले व्यस्त बजारमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेको जनाइएको छ ।
इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ । यसै हप्तामात्र बग्दाद र नजिकको क्षेत्रमा भएको बम हमलाहरूमा परी कम्तीमा पनि १४० जनाको ज्यान गइसकेको छ ।
आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको छ । इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ ।
इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ ।
गत शनिबार पनि ट्रकबम विस्फोट गराई २४ को हत्या गरिएको समाचारमा जनाइएको थियो । त्यसमा परी अरु ३८ जना गम्भीर रूपमा घाइते भएका छन् ।
बग्दादको नहरवान क्षेत्रमा रहेको खाद्यान्न बजारमा नागरिक जम्मा भएको समयमा विस्फोटक पदार्थले भरिएको एक ट्रक लगेर ठोक्काइएको थियो ।
त्यस आक्रमणमा परी ठूलो जनधनको क्षति भएको बग्दादको गृहमन्त्रालयले जानकारी दिएको छ ।
उक्त मन्त्रालयले दिएको जानकारीअनुसार नागरिक किनमेलका लागि जम्मा भएको समयमा यसरी विस्फोटक पदार्थसहितको ट्रक लगेर विस्फोट गराइएको थियो ।
सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । रासस÷एपी

No comments:

Post a Comment