काठमाडौँ, १३ जेठ । गैरकानुनी रुपमा युरो एन्ड सी लिङ्क एजुकेसन कन्सल्टेन्सी र फ्लाई युरो नामक कन्सल्टेन्सी खोली रोजगारका लागी विदेश पठाउने प्रलोभन दिएर ठगी गर्ने रञ्जीत कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर, नामाटार गाविस घर भई हाल सतुङ्गल बस्ने कँडेललगायत अन्य व्यक्तिहरुले जर्मनी पठाउँछु भनी १३ जना व्यक्तिबाट विभिन्न मितिमा ७९ लाख ३० हजार ठगी गरेकामा कँडेललाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।
रसुवाका खेसम तामाङसहित दुईजना, साउथ अफ्रिका पठाउँछु भनी रसुवाकै सङ्गीता तामाङसमेतका दुईजना, मरिसस पठाउँछु भनी कन्चनपुर बस्ने लक्ष्मीप्रसाद बरालसमेत सातजना र न्युजिल्यान्ड पठाउँछु भनी काभ्रे महादेवस्थान गाविस बस्ने सुमन सापकोटासमेत दुईजना गरी १३ जनालाई कँडेल र उनको समूहले ठगी गरेको थियो ।
पैसा लिएर नक्कली भिसासमेत लगाइदिई फरार रहेका कँडेललाई अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
अभियुक्त कँडेलसँग मिली विदेश पठाउने भनी ठगी गर्ने अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको महाशाखाले जनाएको छ ।
Thursday, 26 May 2016
जर्मनी, साउथ अफ्रिका पठाउने भन्दै ७९ लाख ठग्ने पक्राउ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment