कावासोती- फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।
आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीले जानकारी दिए । टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८/९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीले बताए ।पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले भने – “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ ।” उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ ।
मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।
२१ घण्टा अघी मात्र फेसबुक प्रोफाइल तस्विर परिवर्तन गरेकी मनीषाको तस्विरमा बेल्जियमबाट विमलले समेत कमेन्ट गरेका छन् । “मिस यू ब्यूटीफुल सिष्टर” भन्दै उनले गरेको कमेन्टमा “मिस यू टू ब्रोदर” भन्दै मनीषाले जवाफ फर्काएको देखिन्छ ।
त्यसैगरी केही दिन अघि मात्र मनीषाले ‘आइ वान्ट टू स्लिप फर एभर” अर्थात “म सदाका लागि निदाउन चाहन्छु” भन्ने लेखिएको तस्विरलाई फ्रोफाइल पिक्चर बनाएको पनि फेसबुकबाट देखिएको छ ।
ह्यापी मदर डे कै दिन मनिषा ले आमाको तस्बिर फेसबुकमा राख्दै यस्तो स्टाटस लेखेकी थिइन् जुन फोटो बिमल लाइ पनि ट्याग गरेकी छनLight nepal बात
Thursday, 26 May 2016
राति सम्म फेसबुकमा सक्रिय थिइन् बिमलकी बहिनी,१२ दिन अघिको स्ट्याटसको खराव संकेत
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment