Tuesday, 17 May 2016

काठमाडौं आउँदै गरेको ग्यास बुलेट पल्टियो, ड्राइभरको मृत्यु

काठमाडौं, ४ जेठ । धादिङमा ग्यास बोकेको बुलेट पल्टिदा चालकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बेनिघाट–८ बाँदरेस्थित पृथ्वी लोकमार्गमा काठमाडौँतर्फ जाँदै गरेको एचआर ५५ क्यू २३९६ नम्बरको ग्याँस बुलेट मंगलबार सडकमा पल्टिएर दुर्घटना हुंदा चालक भारत गोरखपुर बस्ने २५ वर्षीय मैनुदिन मियाँको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी बाराको अम्लेखगंज–६ स्थित पूर्वपश्चिम राजमार्गको आधाभाग जंगलमा बिग्रिएर रोकी राखेको ना.१ ख ५११२ नम्बरको ट्याङ्करलाई ना.४ ख ८१४८ नम्बरको यात्रुबाहक बसले पछाडीबाट ठक्कर दिंदा बसमा सवार सप्तरी महादेब–२ बस्ने ३० वर्षीय दिपेन्द्र कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ६ जना गम्भीर र २१ जना सामान्य घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि सिमरातर्फ लगिएको छ । फरार बस चालकको प्रहरीले खोजतलास

No comments:

Post a Comment