काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही बर्षभित्र नेपालमा उत्पादन हुने विजुली धेरै हुने र चीन वा भारततर्फ सप्लाई नगरी नहुने दावी गरेका छन् ।
‘रसुवागढी–केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सहमति भइसकेको छ, केरुङसम्म आइसकेको छ, प्रधानमन्त्री ओलीले भने,’केही वर्षपछि नेपालमा बढी विद्युत उत्पादन हुन्छ, त्यसलाई भारत या चीनमा बेच्नुको बिकल्प छैन ।’
गोरखा र धादिङका सांसद राजनीतिक दलका नेतालगायतसँगको भेटमा प्रधानमन्त्री ओलीले रसुवाको चिलिमेबाट केरुङसम्म प्रसारण लाइन बनाएर विद्युत बिक्री गर्ने बताए ।
१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा छलफलका लागि उनीहरु प्रधानमन्त्रीसँग भेट्न गएका थिए । नयाँ पत्रिकामा समाचार छ ।
dainiknepal
Thursday, 26 May 2016
नेपालमा उत्पादन हुने विजुली चीन र भारततर्फ सप्लाईः प्रम ओली
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment