काठमाडौं । गायक प्रमोद खरेलले फुटबलर विमल घर्तीकी वहिनी मनिषाको हत्याप्रति दुःख व्यक्त गरेका छन् ।
विहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रमोदले मानव पनि यहि छन् दानव पनि यही भनेर दुःख व्यक्त गरेका हुन् ।
उनले ट्वीट गरेका छन्- ‘यहि देशमा हामी फुटबल विमल घर्तीमगर भनेर गर्व गर्छाैं, यहि देशमै उनकी कलिली बहिनीको हत्या हुन्छ । मानव पनि यहि छन् दानव पनि यही ।’
मनिषाको हत्या भएपछि सामाजिक सञ्जालमा शान्ति, सुरक्षा र प्रहरी प्रशासनको चर्काे आलोचना तथा विरोध भइरहेको छ भने हत्यारालाई फाँसीमा झुण्ड्याउन माग गरिएको छ ।
मनिषाको हिजो राति घरमै एक्लै रहेको अवस्थामा हत्या भएको थियो ।
dainiknepal
Thursday, 26 May 2016
प्रमोद भन्छन्- मानव पनि यही छन्, दानव पनि यही
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment