इलाम– सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ ।
पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्योदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् ।
इटालीमा बनिएको सो मेसिन रु एक लाख ८० हजारमा खरिद गरिएको फार्म सञ्चालक विष्णुकुमार रेग्मीले बताए । विद्युत्बाट सञ्चालन हुने सो स्वचालित मेसिनबाट सहजै दूध दुहुन सकिन्छ । विद्युत् नभएको बेलामा पनि मेसिनमै जडित जेनेरेटरबाट सञ्चालन हुन्छ । सो जेनेरेटर पेट्रोलबाट सञ्चालन हुन्छ । डबल बकेट सिस्टम भएको उक्त मेसिनले १० मिनेटमा सिङ्गल बकेटमा १५ लिटरका दरले डबल बकेटमा ३० लिटर दूध दुहुन्छ ।
यहाँबाट पठाइएका दुईवटा प्रस्तावमध्ये यस वर्ष त्रिब्रदर्स गाई फार्मको मात्र प्रस्ताव स्वीकृत भई उक्त मेसिन खरिद गरिएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा पशुपति ढुङ्गानाले बताए। मेसिनले दुहेको दूध स्वच्छ र स्वस्थ हुने बताउँदै ढुङ्गानाले भने, “ठूल्ठूला फार्मका लागि आधुनिक मेसिन प्रभावकारी हुन्छ ।”
मिल्किङ मेसिन प्रयोगसँगै समय र श्रमसमेत कम लाग्ने रेग्मी बताउँछन् । सरकारी अनुदानमा मेसिन पाउँदा गाई फार्म सञ्चालक उत्साहित बनेका छन् । विगत तीन वर्षदेखि रेग्मीबन्धुले गाई फार्म सञ्चालन गरिरहेका छन् ।
करिब ९० रोपनी जग्गा वार्षिक दुई लाख रूपैयाँ भाडा तिरेर रेग्मीबन्धुले २४ वटा होलिस्टिन जातका गाई पालेका छन् । ती गाईबाट दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको फार्म सञ्चालक अरुणले बताए ।
Wednesday, 25 May 2016
यसरी दुहुन्छ मेसिनले दुध
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment