काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरू राजधानी केन्द्रित आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले मधेससहित आदिवासी जनजातिले उठाएको मुद्दा जायज भएको बताउनुभयो । उहाँले नेपाली जनताले अधिकारको लागि गर्ने हरेक आन्दोलनमा कांग्रेसको समर्थन रहने बताउनुभयो ।
कोषाध्यक्ष यादवले झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने धारणा राख्दै मधेसी मोर्चाले अगाडि सारेका सबै मागमा आफ्नो समर्थन रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मधेसमा दुई प्रदेश हुनुपर्छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकतामा सबैलाई समान ब्यवस्था हुनुपर्छ र राज्यको सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘मधेस आन्दोलनमा मधेसी जनताको समर्थन भएको भए काठमाडांमा होईन, मधेसमा आन्दोलन हुने थियो ।’
Tuesday, 17 May 2016
संघीय गठबन्धनको आन्दोलनमा कांग्रेसको समर्थन, मधेसमा दुई प्रदेश हुनुपर्ने
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment