म सुतेको थिए , मेरी श्रीमतिले मेरो टाउको मालिस
गरीरहेकी थिइन , म बिस्तारै - बिस्तारै निदाए ।
जागेपछी उनले निधारमा भिक्स लगाइदिइन । मेरो आँखा खुल्नासाथ
उनले सोधिन ?
केही आराम मिल्यो कि नाइ ?
मैले मिल्यो भनेर टाउको हल्लाए ।
फेरि उनले सोधिन कि ,
खाना खानुहुन्छ ? मलाई भोक लागेको थियो मैले भने खान्छु ।
" उनले फटाफट रोटी , सब्जी , दाल ,अचार , सलाद
तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी - पल्टी
मेरो मुखमा गाँस हाल्दै खुवाइन , मैले चुपचाप खाना खाएर फेरि ढल्किए ।
श्रीमतिले मलाई आफ्नै हातले खाना खुवाएर उनी
खुशी महसुस गर्दै किचनको काम मा गइन
म चुपचाप सुतीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो हुन्छ ?
केहिदिन अघि मेरी श्रीमती बिरामी
पर्दा मैले केही पनि गरिन । यहाँसम्म कि एक कल फोन गरेर पनि
खबर सोधिन । उनले पुरैदिन केही खाएकी थिइन , तर
मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौरवान्वित महशुस गरीरहेको
थिए ।
मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चिकै उनलाई कति ज्वरो थियो । मैले
त्यस्तो केही गरिन कि उनलाई लागोस कि बिरामीमा
उनी एक्लि छैन ।
तर मलाई सानो तिनो रुघाखोकी लागेर टाउको दुखिरहेको थियो तर
उनी मेरी आमा बनिन ।
म सोचिरहे कि साच्चिकै के भगवानले महिलालाई एउटा अलग्गै दिल दिल्छन ?
महिलाहरुमा जुन करुणा र ममता हुन्छ त्यो पुरुषमा किन हुदैन ?
सोच्न थाले , जुनदिन मेरी पत्नीलाई ज्वरो आएको थियो ,
त्यो मध्यान्नमा जब उनलाई भोक लागेको होला र ओछ्यानबाट उठ्न नसकेकि
होली, त्यतिखेर उनले पनि सोचेकी होलिन कि कास मेरो
पति आज मसित हुन्थ्यो भने ? मैले जेसुकै सोचु तर मलाई लाग्छ कि हरेक
पुरुषलाई एक जन्ममा महिला बनेर यी कुराहरु सम्झिने कोसिस
गर्नुपर्दछ कि साच्चै नै कति मुश्किल हुन्छ , महिलालाई महिला बन्नु , आमा
हुनु , पत्नी हुनु र बहिनी हुनु ।।।
(इन्टरनेटबाट साभार)
Saturday, 7 May 2016
महिला र पुरूषक भावनाको भिन्नता
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment