Wednesday, 11 May 2016

सिन्धुपाल्चोकको मेलम्चीमा ढुंगा बोक्दै धुर्मुस- सुन्तली, दोस्रो वस्ति निर्माण सुरु

२९ वैशाख, काठमाडौं । नेपालकै पहिलो नमुना काभ्रको डाडाँगाउँ पहरे एकीकृत वस्ती बनाएका हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्ञ्जना घिमिरे सुन्तलीले फेरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ गिरानचौरमा भुकम्प पीडितहरुलाई दास्रो एकिकृत नमुना बस्ती निर्माण गर्न आज वाट सुरु गरेका छन् । भूकम्प गएको एक वर्ष पुगेकै दिन गिरानचौरमा सो बस्ति शिल्यान्यास गरिएको थियो ।
वस्ती निर्माण कार्य आउँदो दशै अगाडीनै सकेर घटस्थापनाका दिन ६५ परिवार भूकम्प पिडितलाइ स्थानीयलाई हस्तान्तरण गर्ने योजना रहेको धुर्मषले बताएका छन् । यस्तै नयाँ वस्ती लाई नयाँ जोश र जाँगर अनि उमङ्गका साथ वस्ती हस्तानतरण गरिने सुन्तली बताउछिन् । धुर्मुस सुन्तलीले देश तथा विदेशमा रहेकासम्पूर्ण सहयोगी मनलाई बस्ती निमार्णमा सहयोगका लागि अपिल गरेका छन् ।
वस्ती निर्माणका लागि धुर्मुस–सुन्तलीले सहयोग संकलन अनलाइन ‘गो–फण्ड’ ५० हजार डलर संकलन गर्ने योजनाका साथ खाता खोलेका छन् ।
साडे तीन करोडको लागतमा निमार्ण हुन लागेको उक्त वस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको छ ।
‘यो कोष मार्फत सबै सहयोग रकम र खर्च गरिएका विवरणहरु पारदर्शी रुपमा राखिने उनले वताएका छन् ।
पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको बताउदै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।

No comments:

Post a Comment