भक्तपुर, २९ वैशाख । भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ ।
ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको ढलोटको मूर्ति एक र चारवटै हात भएको १० इन्च अग्लो करिब पाँच किलोकै ढलोटको अर्को मूर्ति गए राति चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
ब्रह्मायणी गुठीसहित र चारजना पुुजारी रहेको यस मन्दिरमा बिहान नित्यपूजा गर्न जाने क्रममा चोरी भएको जानकारी पाइएको हो । स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको टोली पुुगेको उहाँले बताउनुभयो ।
गए राति मन्दिरको बाहिरको ढोका फोडेरभित्र रहेको अर्को ढोकाको भोटे ताल्चा फोडी, अझैभित्र रहेको च्यानल गेटको समेत ताल्चा फोडेर मूर्ति चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उहाँले बताउनुभयो ।
भूकम्पपछि ब्रह्मायणी मन्दिर आसपासका बासिन्दा अन्यत्र गएपछि चोरी गर्न सहज भएको प्रहरीको अनुमान छ । प्रहरीले शङ्कास्पद ठाउँमा छापा मार्ने र विभिन्न नाका बन्द गराई खोजी कार्य सुरु गरिसकेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । रासस
Wednesday, 11 May 2016
हजारौँ वर्ष पुरानो ब्रह्मायणीको दुई मूर्ति चोरी
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment