आज (२ जेष्ठ, आइतबार), तदनुसार वैशाख मास शुक्ल पक्षको नवमी तिथि। हिन्दु धर्ममा यस दिनलाई सीता नवमी पनि भनिन्छ। धर्मग्रन्थका अनुसार, यहि तिथिमा माता सीताको जन्म भएको विश्वास गरिन्छ।
वाल्मीकिद्वारा रचित रामायणमा माता सीतासँग सम्बन्धित कैयौँ रोचक कुराहरू उल्लेख गरिएका छन्, जुन सायद अधिकांशलाई थाहा छैन।
आज हामी तपाईँहरूलाई सीता माताको उमेरको बारेमा एक रोचक प्रसङ्ग बताउन गैरहेका छौँ, जुन यसप्रकार छ–
वाल्मीकि रामायणका अनुसार, श्रीरामसँग विवाह गर्दा सीताको उमेर केवल ६ वर्षको थियो। यसको व्याख्या वाल्मीकि रामायणको आरण्यकाण्डमा उल्लेख गरिएको छ।
उषित्वा द्वादश समा इक्ष्वाकूणां निवेशने।
भुंजना मानुषान् भोगान् सर्व कामसमृद्धिनी।१।
तत्र त्रयोदशे वर्षे राजामंत्रयत प्रभुः।
अभिषेचयितुं रामं समेतो राजमंत्रिभिः।२।
परिगृह्य तु कैकेयी श्वसुरं सुकृतेन मे।
मम प्रव्राजनं भर्तुर्भरतस्याभिषेचनम्।३।
द्वावयाचत भर्तारं सत्यसंधं नृपोत्तमम्।
मम भर्ता महातेजा वयसा पंचविंशक:।
अष्टादश हि वर्षाणि मम जन्मनि गण्यते।४।
अर्थ– सीता भन्छिन् – “विवाहपश्चात १२ वर्षसम्म इक्ष्वाकु वंशी महाराज दशरथको महलमा रहेर मैले आफ्ना पतिका साथ सबै किसिमको भोग भोगेँ। मैले त्यहाँ आफ्नो मनले चिताएको सुख-सुविधाहरू पाएर सम्पन्न थिएँ। तेह्रौँ वर्षको प्रारम्भमा महाराज दशरथले राजमन्त्रीहरूसँग सल्लाह गरेर श्रीरामचन्द्रजीलाई युवराज पदले अभिषेक गर्ने निश्चय गरे।
तब, माता कैकेयीले मेरो ससुरालाई शपद लिन लगाएर वचनबद्ध बनाइन्, अनि दुई वर मागिन्- मेरो पति (श्रीराम) को लागि वनबास र भरतको लागि राज्याभिषेक। वनबासको लागि जानेबेलामा मेरो पतिको आयु २५ वर्षको थियो र मेरो जन्मकाल देखि लिएर वनबास कालसम्म मेरो अवस्था वर्षगणनाका अनुसार १८ वर्षकी भैसकेकी थिएँ।”
यस प्रसङ्गबाट थाहा हुन्छ कि विवाहपश्चात सीता १२ वर्षसम्म अयोध्यामा बसिन् र वनबास जाने बेलामा उसको उमेर १८ वर्ष भैसकेको थियो। यसबाट के स्पष्ट हुन्छ भन्दा विवाह गर्ने बेला सीताको उमेर ६ वर्षको थियो। साथै यो पनि बुझिन्छ कि श्रीराम र सीताको उमेरमा ७ वर्षको अन्तर थियो।nepaliheadlines
Sunday, 15 May 2016
श्रीरामसँग विवाह गर्दा सीताको उमेर कति थियो? थाहा पाउनुभयो भने छक्क पर्नुहुन्छ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment