जेठ २
बलिउड हिरोइनहरु मलाइका अरोरा र सोनाक्षी सिन्हाको नाचले चर्चित टुँडिखेलको अमरपंछीकी सञ्चालिका तथा चर्चित मोडल सहाना बज्राचार्यको चर्चा नगर्यो भने उनीमाथि नै अन्याय हुन पुग्छ।
मिस नेपाल २०१० मा 'मिस नेपाल अर्थ' ताज पहिरिएकी बज्राचार्य टेलिभिजन र स्टेज कार्यक्रम प्रस्तोताको रुपमा चिनिन्छिन्। शनिबार काठमाडौंको टुँडिखेलमा नेपाल सैनिक श्रीमती संघद्वारा आयोजित चर्चित लाइभ सो अमरपंक्षी उनैले संचालन गरिन्।
सुरुवातमा भने रातो सारीमा सजिएर आएकी उनी त्यसपछि भने सारी फ्याँकेर रङरङका 'वान पिस' मा देखिइन्। उनको उद्घोषण पनि उनको पोशाक झै रङ्गीविरङ्गी थियो।
हजारौंको भिडले पर्खिरहेको कार्यक्रम सुरु गर्न उनले स्टेजमा इन्ट्री गर्दा ठूलै हल्ला र सिट्ठीको आवाज सुनियो। तर, उनले बोल्न सुरु गरे पछि सबै दर्शक छक्क !
कार्यक्रमको सुरुवातमा नै उनी कागजको टुक्रामा हेरेर पढ्न पो थालिन्। उनलाई सुन्ने सबैको ध्यान उनको नेपाली भाषामाथि थियो। सधैं टेलिभिजन र स्टेजमा बोलिरहने बज्राचार्यलाई नेपाली पढ्न निकै अफ्ठ्यारो भएको सुनिन्थ्यो।
कार्यक्रमको बीचमा भने अङ्ग्रेजीमा उनी उत्रिइन् जुन सुहाउँथ्यो पनि।
सहानाले पटक पटक नेपाली नायिकाहरुलाई 'तिमी', 'उनी', 'गरिन्' भन्दै सम्बोधन गरिन् भने बलिउड नायिका सोनाक्षी सिंन्हा र मलाइका अरोरालाई भने 'उहाँ', 'तपाईं', 'आउनुभयो', 'नाच्नुभयो' पो भनिन्। उनको भाषा विभेद दर्शकका लागि पाच्य थिएन। त्यसैले हुटिङसमेत भयो।स्रोत: पहिलोपोस्ट
Sunday, 15 May 2016
अमरपंक्षीकी होस्ट सहाना : नेपाली नायिकालाई तिमी, सोनाक्षी र मलाइकालाई तपाई!
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment