स्मार्टफोन प्रयोगकर्ताका लागि फोनको सुरक्षाका विभिन्न उपाय उपलब्ध छन् । स्मार्टफोनमा सेक्युरिटी लक गर्नका लागि पिन, प्याटर्न लक, पासवर्ड, फिङ्गर प्रिण्टलगायत विभिन्न तरीकाको प्रयोग हुने गरेको छ । फोनमा पिन पासवर्डको प्रयोग गर्दा पासवर्ड आफुलाई मात्र थाहा हुन्छ । त्यसैगरी फिङ्गर प्रिण्टको प्रयोग गर्दा पनि आफ्नै औंलाबाट मात्र अनलक गर्न सकिने हुन्छ । त्यसैले, यी दुवै पासवर्डलाई तुलनात्मक रूपमा बढी सुरक्षित पासवर्डका रूपमा लिने गरिएको छ । मानिसहरूमाझ दुईमध्ये सेक्युरिटीको कुन उपाय सर्वाधिक राम्रो भन्ने बहस पनि चल्ने गरेको छ । पासवर्डका रूपमा यी दुबै उपाय अपनाउँदा फाइदाका साथै बेफाइदा पनि छन् । यहाँ यही विषयमा सङ्क्षिप्त चर्चा गरिएको छ :
पिन पासवर्ड
स्मार्टफोनमा सेक्युरिटी लकका लागि पिनको प्रयोग गरिएका उपकरणमा पासवर्डको अनुमान लगाउनु सजिलो हुँदैन । तर, सुरक्षा कत्तिको सशक्त हुने भन्ने कुरामा भने उपकरणमा रहेका अन्य सुरक्षा फिचर्सको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ ।
ब्ल्याकबेरी र आईफोनमा प्रयोगकर्ताले १० पटकसम्म गलत पिन हाल्न सक्छन् । यति प्रयासमा पनि सही पिन नहालिएमा स्मार्टफोन लक हुन्छ । तर, अधिकांश एण्ड्रोइड फोनहरूमा भने यस्तो फिचर उपलब्ध भइसकेको छैन ।
सेक्युरिटी विशेषज्ञहरूका अनुसार पिन लकका साथै अन्य सेक्युरिटी फिचरको प्रयोग नगरिएका एण्ड्रोइड फोन सहजै अनलक गर्न सकिन्छ । तर, त्यसका लागि प्राविधिकलाई केही समय भने लाग्ने उनीहरू बताउँछन् । त्यसैले, एण्ड्रोइड प्रयोगकर्ताले आफना फोनमा रहेका डाटालाई एन्क्रिप्टेड गर्नु बुद्धिमानी हुने उनीहरूको सुझाव छ । यसका लागि उपकरणको शेटिङमा गएर डाटा एन्क्रिप्ट गर्नुपर्छ । यति गरेपछि उपकरण अफ गरेर पुनः अन गर्दा पासवर्ड हाल्नु अनिवार्य हुन्छ । यस्ता एन्क्रिप्शनले विशेषगरी फोन हराउँदा अनावश्यक तथा नचाहेका मानिसबाट डाटा चोरीलगायत समस्याबाट जोगाउँछ । डाटा चोरी भएको खण्डमा आउन सक्ने विभिन्न समस्याबाट जोगिन यो निकै राम्रो उपायसमेत भएको उनीहरूको तर्क छ ।
फिङ्गर प्रिण्ट

अधिकांश मानिस फिङ्गर प्रिण्टलाई फोन तथा डाटा सुरक्षाका लागि पिन पासवर्डका तुलनामा राम्रो तथा सहज तरीकाका रूपमा लिन्छन् । आधिकारिक प्रयोगकर्ताले नै छनोट गरेको औंलाको प्रिण्टलाई फोनले पासकोडका रूपमा प्रयोग गर्ने भएकाले यो विश्वसनीयसमेत छ । पिन पासवर्डको प्रयोग गर्दा तिनलाई आफ्नो स्मृतिमा राखिराख्नु आवश्यक हुन्छ । केही गरी बिर्सिहालेमा यसले ठूलै समस्यासमेत पार्न सक्छ । तर, फिङ्गर प्रिण्टमा भने यस्तो झन्झट रहँदैन । तर, सेक्युरिटीको यो तरीका पनि शतप्रतिशत सुरक्षित भने नभएको विशेषज्ञहरू बताउँछन् । त्यसैले, फोन तथा तिनमा रहेका डाटाको सुरक्षाका लागि सेक्युरिटी फिचर्समा मात्र निर्भर हुनु बुद्धिमानी नहुने उनीहरूको तर्क छ । यसका लागि प्रयोगकर्ता स्वयम् चनाखो हुनुपर्छ । (एजेन्सी)

No comments:
Post a Comment