Monday, 30 May 2016

एन्ड्रोइड साइकल

 

एन्ड्रोइड साइकल

साइकलमा पनि एन्ड्रोइड ?

अचम्म लाग्न सक्छ । छक्क नपर्नुहोस् स्मार्टफोनमा प्रयोग गरिने एन्ड्रोइड सफ्टवेयर सिस्टम साइकलमा पनि प्रयोग भएको छ । अहिले चीनमा निर्मित यो साइकलको चर्चा चुलिएको छ । माउन्टेन बाइक र स्मार्टफोन दुवै भन्न मिल्ने यो डिभाइसको नाम ‘ले सिभ्याक’ राखिएको छ । लेइको कम्पनीले यसको निर्माण गरेको हो । 

हेर्दा साइकल जस्तो देखिने यो डिभाइसमा गुगलको एन्ड्रोइड सफ्टवेयर प्रयोग गरिएको छ । दुई वटा ह्यान्डल बारको बीचमा ४ इन्चको डिस्प्ले छ । यो ४ जिबी र्‍यामसहितको क्वाडकोर प्रोसेसरबाट चल्छ र यसमा लेजर प्वाइन्टर, हार्ट रेट सेन्सर, बिल्ट–इन स्पिकर तथा क्यामेरासमेत छ । यो साइकलको मूल्य ८ सयदेखि ६ हजार डलरसम्म पर्छ ।

No comments:

Post a Comment