जेठ १
काठमाडौं– सोनाक्षी सिन्हाले सामाजिक संजाल ट्विटमा नेपाली दर्शकलाई टुँडिखेलमा हुने कन्सर्टमा सहभागि हुन आग्रह गरेकी छन् ।
श्रीमती सैनिक संघको आयोजनामा आज हुने ‘अमरपन्छी’ नाम दिइएको टुँडिखेलमा हुने कन्सर्टमा सहभागी हुन शुक्रवार बलिउड नायिका सोनाक्षी र मलाईका अरोरा काठमाडौं आइपुगेका हुन् ।
उक्त कार्यक्रममा सोनाक्षी र मलाइकासँगै नेपालका चर्चित एक्ट्रेसहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीसँगै गायिका इन्दिरा जोशीले पनि आ–आफ्नो प्रस्तुति देखाउने छन् ।
नेपालले भूकम्पको सामना गरेको पनि एक वर्ष पुरा भैसकेको छ । अझै पनि पुनर्निर्माणका कार्य जारी नै छन् तर पनि थुप्रै पिडित छन् जसले सहयोग पाएका छैनन् । यस्तैलाई सहयोग गर्न अमरपन्छी नाम दिई यो कार्यक्र गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उनीहरु दुबै जनाको नेपाल भ्रमण पहिलो हो ।- रातो पाटी
Saturday, 14 May 2016
बलिउड नायिका सोनाक्षीले भनिन्, ‘टुँडिखेल आउनु है !’
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment