Saturday, 14 May 2016

बानेश्वरबाट आन्दोलनकारीका लाठी बरामद

काठमाडौं, १ जेठ । राजधानीको बानेश्वरबाट प्रहरीले आन्दोलनकारीका लाठी बरामद गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार संघीय गठबन्धन आबद्ध दल तथा मोर्चाहरुले शान्तिबाटीकामा भेला जम्मा भई जनप्रदर्शन गर्ने भन्ने कार्यक्रम अनुसार नेपाल शेर्पा संघका कार्यकर्ता शान्तिबाटिकाको लागि काठमाडौं बानेश्वरस्थित निषेधित क्षेत्र तोडी आउने क्रममा उनीहरुको साथमा रहेका २२ वटा लामा लठ्ठी शान्ति सुरक्षाको लागि खटिएको प्रहरीले शनिबार बरामद गरेको छ ।
साथै काठमाडौं महानगरपालिका–३४ शान्तिनगरस्थित खालीचौरमा जेठ २ गते हुने भनिएको २७ दलिय कार्यक्रमको लागि तयार गर्दै गरेको अबस्थामा करीव २ सय थान बाँसका लाठीहरु प्रहरीले नियन्त्रणमा लिएको छ । लाठी बनाउने ब्यक्तिहरु फरार भएकोले खोजी भइरहेको छ ।दैनिक नेपाल

No comments:

Post a Comment