उत्तर कोरियाली राजदूतसँग प्रचण्ड ।
काठमाडौं, १६ जेठ । नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत किम योङ हकले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले राजदूत हक मार्फत भर्खरै सम्पन्न कोरियाली श्रमिक पार्टीको सातौं राष्ट्रिय काँग्रेसबाट निर्वाचित अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा बामपन्थी बाहुल्य रहेको सरकार भएको र आर्थिक विकास र जनताको पक्षमा काम गरिरहेको बताउनु भएको थियो । उहाँले गत सालको विनासकारी भूकम्प र संविधान निर्माण पछिको नाकाबन्दीले नेपाली जनताले निकै ठूलो दुःख पाएको बताउँदै राष्ट्रले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको जानकारी दिनुभयो । अध्यक्षले भन्नुभयो, ‘अहिले हामीहरु भूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माण र आर्थिक विकासमा केन्द्रित छौं ।’
उक्त भेटवार्तामा राजदूत हकले नेपाल र कोरिया मिल्दा जुल्दा देश भएको बताउँदै दुई देशका धेरै विशषताहरु मिल्दा जुल्दा भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘साम्राज्यवादीको नाकाबन्दी भए तापनि किम जोङ उन र उहाँको नेतृत्वमा आम जनता एकतावद्ध छ र हामी त्यसको सामना गर्न सक्छौं ।’
उहाँले राजनैतिक र सैनिक दुबै हिसावले आफूहरु शक्तिशाली रहेको पनि बताउनु भयो । उहाँले कोरियाली श्रमिक पार्टीका अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनले अध्यक्ष प्रचण्डलाई अभिवादन पठाउनु भएको पनि बताउनुभयो ।दैनिक नेपाल
Sunday, 29 May 2016
उत्तर कोरियाका शासक किम जोङ उनले प्रचण्डलाई पठाए यस्तो सन्देश
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment