Monday, 30 May 2016

यस्तो यन्त्र जसले विचारलाई बोलीमा परिणत गर्न सक्छ

यस्तो यन्त्र जसले विचारलाई बोलीमा परिणत गर्न सक्छ 
विगत केही वर्षदेखि अनुसन्धान जारी राखेका वैज्ञानिकहरुले हालै एउटा यस्तो संयन्त्र विकास गरेका छन् जसबाट मानिसको दिमागमा उसले के सोचिरहेको छ सजिलैसँग अनुगमन गर्न सकिन्छ। उनीहरुले भनेका छन् यस अनुसन्धानमा अझै धेरै कुरा गर्न बाँकी रहे तापनि यो डिभाइसले गर्दा स्ट्रोकबाट तथा बोल्न नसक्ने समस्यासँग जुधिरहेका पीडितहरुले आफ्ना आफन्तँग कुरा गर्न सक्षम हुनेछन्।

प्रोफेसर रोर्वट नाइट र उनको टोली सुनिएका वाक्य, ठुलो स्वरमा कराउँदा तथा केही वाक्य सोच्दा दिमागको कुन भाग सक्रिय रहन्छ भन्ने अध्ययन गरिरहेको छ। उनले अब मानिसले के सोचिरहेको छ भन्ने कुरालाई उसको दिमागबाट सजिलो भाषामा कसरी पत्ता लगाउने भन्ने चुनौती रहेको बताए।

यो डिभाइसको उपयोग प्यालालाइसीस र लोउ गिजरिक्स जस्ता मोटर रोगबाट पीडित मान्छेलाई सहयोग गर्नु रहेको उनको भनाइ छ।

'धेरै निउरोलोजिकल समस्याहरु हुन्छन् जसले मानिसहरुलाई बोल्नलाई सीमितता बनाइरहेको हुन्छ', नाइटले भने, 'यद्यपि मानिस आफूले के भन्न खोजेको हो भन्ने पूर्णत सचेत हुन्छ।' आफूहरुले एउटा मस्तिष्कसँग जडान गर्न मिल्ने डिभाइस विकास गर्न प्रयासरत रहेको बताउँदै उनले भने 'त्यसले दिमागमा मानिसहरुले सोचिरहेको समयमा त्यसलाई आवाजमा परिणत गरिदिवस।'

वैज्ञानिकको सो टोली एक न्युरोसर्जिकल सेटिङमा अस्थायी लोवी गतिविधिको अनुगमन गरेर व्यक्तिले के सुनेको छ भनेर उतार्न सक्षम भएको छ। यो अनौठो प्रविधिले विद्युतीय स्पिकर अथवा लेख्न मिल्ने साधनको माध्यमबाट मानिसले के भन्न चाहेको भन्ने कुरा पत्ता लगाउनेछ। यसलाई व्यवहारमा ल्याउन अझै धेरै अनुसन्धान गर्न बाँकी रहेको छ।

हाल यो कार्य विरामीको दुर्लभ डाटा संकलन गर्न एक गैरस्नायु शल्यचिकित्सामा आधारित भएर प्रयोग गरिँदैछ। वैज्ञानकिहरुले भनेका छन् यसलाई सानो उपकरणको रुपमा दैनिक जीवनसँग सजिलै प्रयोग गर्न सकिने बनाउनु अबको लक्ष्य हो।

No comments:

Post a Comment