४ जेठ, जाजरकोट । नेपालमा भारतीय हस्तक्षेपका विरुद्धमा पारवहन सम्झौता गरेर नेपाललाई सहयोगका हात बढाएको चीनको भित्री उद्देश्य भने अर्कै रहेको खुलासा भएको छ । चीनले नेपालको पहाडी क्षेत्रमा रहेको सुनखानीमा आँखा गाडेर नेपालप्रति सहयोगका हात बढाएको खुल्न आएको छ ।
यसको उदाहरण हो जाजरकोट सदरमुकाम खलंगा नजिकै धल्ला स्थित भेरी नदीको बगरमा अनुमति विना सुन खानीको खोजतलास गर्नु । चीनले अनुमतिविना सुनाखानी खोजेपछि स्थानीय प्रशासनले चीनको यस्तो कार्यलाई रोकेको छ । अनुमति लिएर काम गरिरहेको बताए पनि चिनियाँ प्राविधिकले स्थानीय प्रशासन समक्ष आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाईएको हो । ‘सुरुमा खोजतलासको अनुमति छ भनेर स्थानीय प्रशासन र प्रहरीलाई झुक्याएर काम गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताए ।नेपाल सरकारको अनुमतिविना कसैलाई अवैध तरिकाले सुनखानी खोज्न नदिने भन्दै आफूहरुले अहिले काममा रोक लगाएको मल्लको भनाइ छ । सुनखानी खोज्न भनेर काम गरिरहेका चिनियाँको निगरानी गर्नको लागि एक जना प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एक टोली नै खोजतलासस्थलमा खटाईएको प्रहरी प्रमुख मल्लले बताए। चिनियाँको गतिविधि हेर्दा निकै शंकास्पद देखिएकाले आफूहरुले निगरानी बढाएको उनले बताए । चिनियाँ प्राविधिक टोलीले अनुमतिविनै डेढ सय फिट जमिन मुनि ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिटहरु चीन पठाएर आवश्यक अन्नुसन्धान गरिरहेको थियो । कुनै पनि विदेशी नागरिकलाई खानीको खोजतलास तथा उत्खनन् कार्यका लागि अनुमति दिन नमिल्ने प्रावधान छ । खानी तथा भूगर्भ विभागबाट खोजतलासको अनुमति लिएका फरक फरक नेपाली कम्पनीका नामबाट चिनियाँले स्थानीय प्रशासनलाई झुक्याउने गरेको पाइएपछि खोजतलासमा रोक लगाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
Tuesday, 17 May 2016
नेपालका सुनखानीमा चीनको आँखा, अवैधानिक रुपले सुन निकाल्दै
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment