Saturday, 7 May 2016

जन्मेको महिनाले बताउँछ कुन रोग लाग्नेछ भनेर

जन्मेको महिनाले बताउँछ कुन रोग लाग्नेछ भनेर
तपाईँहरूले महशुस गर्नुभएको छ? कुनै व्यक्तिलाई धेरै जसो एउटै किसिमको रोग अथवा शारीरिक समस्याले पिरोलिरहेको हुन्छ। कसैलाई सँधै भरि टाउको दुख्ने, कसैलाई खोकी लागिरहने वा कसैलाई सानैदेखि हाड जोर्नीको दुखाइ हुने हुन्छ। यी सबै शारीरिक समस्याहरूको कारण वंशाणुगतको कारणले पनि हुन सक्छ तर नयाँ अनुसन्धानबाट के पत्ता लगाएको छ भने यस्तो किसिमको समस्या व्यक्ति जन्मने महिनामा पनि निर्भर गर्दछ।
अनुसन्धान अनुसार कुनै पनि व्यक्तिलाई ५५ वटा भिन्न रोगहरूमध्ये कुनै एक अथवा धेरै रोगहरू लाग्ने तथ्य र उसको जन्म महिनामा अन्तर्सम्बन्ध रहेको हुन्छ। अनुसन्धानमा संलग्न भएका व्यक्तिहरू मध्ये धेरै जसो मे महिनामा जन्मिनेहरूलाई महिना अनुसारको रोग लाग्ने सम्भावना कमि भएको देखिएको थियो भने अक्टोबरमा जन्मिनेहरूलाई यो समस्याले धेरै सताउने देखिएको थियो।
“यो अनुसन्धानबाट वैज्ञानिकहरूलाई नयाँ रोगहरूको बारेमा जान्न धेरै नै टेवा पुग्दछ। “- कोलम्बिया युनिभर्सिटिका एक अनुसन्धानकर्ताले बताएका थिए।

No comments:

Post a Comment