काठमाडौं, जेठ १५ – शनिबार भएको बजेट भाषणसँगै सरकारी कर्मचारीको तलव पनि बढेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणको क्रममा कर्मचारीको तलब २५ प्रतिशतले बढेको घोषणा गर्नुभयो । निजामती कर्मचारी सेवा नियमावलीको दफा २७ मा प्रत्ययेक ३–३ वर्षमा तलवभत्ता वृद्धी गर्न मुख्य सचिवको नेतृत्वमा तलवभत्ता पुनरावलोकन समितिको गठन गर्नु पर्ने प्रावधान छ । निजामती कर्मचारी युनियनले सबै सरकारी कर्मचारीको तलव भत्ता ५० प्रतिशतले बढाउनु पर्ने माग राख्दै गएको जेठ ३ गते सरकारलाई २५ बुँदे माग पेश गरेको थियो । कर्मचारीहरुले अघिल्लो वर्षपनि तलव नबढेकाले यो वर्ष ५० प्रतिशत बढाउनु पर्ने माग राखेका थिए ।
उनीहरुले वार्षिक ग्रेड रकम एक दिनको तलव बराबर हुर्ने व्यवस्था नियममा भए पनि लागु नभएकाले लागु गर्नु पर्ने, पोशाक भत्ता सात हजार पाँच सय एक दमै कम भएको भन्दै त्यसलाई शतप्रतिशत बढाउनु पर्ने माग राखेका थिए । उनीहरुले राखेको वार्षिक ग्रेड रकम एक दिनको तलव बराबर हुने व्यवस्था पनि लागु हुने भएको छ । कर्मचारीले ५० प्रतिशत बढाउनु पर्ने माग राखेपनि सरकारले शनिबारको बजेटमार्फत २५ प्रतिशत बढाएको छ ।
यसबाट ८२ हजारभन्दा बढी निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा एक लाख ९० हजार, विद्यालयका शिक्षक एक लाख ५० हजार र विश्वविद्यालय, प्रतिष्ठान, विकास समिति, र आयोगका ५० हजार गरेर जम्मा चार लाख ७२ हजार कर्मचारी लाभान्वित भएका छन् । त्यस्तै सरकारी सेवाबाट अवकाश भएका कर्मचारी पनि लाभान्वित भएका छन् । यसबाट सरकारलाई थप आर्थिक व्ययभार थपिनुका साथै महँगी पनि बढ्ने देखिन्छ ।
Saturday, 28 May 2016
कर्मचारीको तलव २५ प्रतिशत बढ्यो, कसको तलव कति ? (हेर्नुस् सूचिसहित)
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment