काठमाडौं, जेठ ८ – आज वैशाख शुक्ल पूर्णिमा, २५६० औँ बुद्ध जयन्ती मनाइँदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो ।
३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत ठाउँमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली भैरहेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जयन्तीको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
बुद्धजयन्तीका अवसरमा सन्देश दिँदै उहाँले विविध जातजाति, भाषाभाषी, र धार्मिक तथा साँस्कृतिक सम्प्रदायबीच सहिष्णुता कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने अभियानमा सिद्धार्थ गौतमबुद्धका उपदेश तथा मार्गदर्शन सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय रहेको उल्लेख गर्नुभएको छ ।
Friday, 20 May 2016
सिद्धार्थ गौतम यसरी भए बुद्ध
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment