भारतको मध्यप्रदेशको मुरैनामा अवैध यौन सम्वन्धका कारण एक महिलाको हत्या भएको छ । विमा एजेन्ट तथा शिक्षिका हेमा बंसलको हत्या उनकै देउरानी मिराले गरेको खुलासा भएको छ । प्रहरी हिरासतमा रहेकी मिराले आफूले जेठानी हेमाको हत्या गरेको स्वीकार गरेकी हुन् ।
घटनाको पोल खोल्दै मिराले भनेकी छिन, ‘मैले जेठानी हेमालाई आफ्ना श्रीमानसँग आपत्तिजनक यौन सम्बन्ध राखिरहेको अवस्थामा फेला पारेको उनको हत्या गरेको हुँ।’मिराले आफ्नो पतिसँग आपत्तिजनक अवस्थामा देखिएको तीन दिनपछि योजनाबद्ध रुपमा घरमा रहेको हतौडाले टाउकोमा प्रहार गरी हत्या गरिन् र हतौडालाई धोएर राखिन् । उक्त हतौडा प्रहरीले बरामद गरेको छ । मिराविरुद्ध ज्यान मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
खबर डबली बाट
Saturday, 28 May 2016
श्रीमानसँग अवैध सम्वन्ध राख्दै गर्दा रंगेहात पक्राउ : देउरानीले गरिन् जेठानीको हत्या
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment