धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको सिन्धुपाल्चोक गिरान्चौर एकीकृत बस्तीका लागि एक करोड बढी सहयोग संकलन भएको छ ।
बैंक खातामा एक लाख ७४ हजार रुपैयाँ रहँदा निर्माण घोषणा गरिएको गिरान्चौर एकीकृत बस्तीका लागि देश तथा विदेशबाट मंगलबार सम्म १ करोड १६ लाख रकम जम्मा भएको फाउण्डेसनले जनाएको छ ।
चार करोड भन्दा बढी अनुमानित लागत रहेको यस परियोजनाका लागि अहिलेसम्म सबै भन्दा बढी सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
अनिल दुलाल, भूपेन्द्र न्यौपाने, वसन्त अधिकारीको टोलीले अमेरिकाबाट १० लाख ८६ हजार सहयोग गरेको छ । नेप्लिज इन ग्राज, अस्ट्रियाबाट अमृत पौडेललगायतको समूहले ९ लाख ९३ हजार ५ सय ९३ रुपैयाँ पठाएको छ ।
अमेरिकाको बोस्टनबाट तामाङ समाजले ९ लाख ९७ हजार, नुवाकोटका देण्डु लामाले अमेरिकाबाट ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ, अष्ट्रेलियाको जय नेपाल फाउण्डेशनमार्फत ३ लाख २० हजार, झापाका कृष्णबहादुर खत्री परिवारले जापानबाट ५ लाख ५ सय ५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन् ।
फाउण्डेसनका अनुसार अहिलेसम्म २ सयभन्दा बढी व्यक्ति र संघ संस्थाले सहयोग गरेका छन् ।
No comments:
Post a Comment