काठमाडौं, २५ जेठ – आधिकारीक रुपमा नेपालको संविधानको स्वागत नगरेको दक्षिणी छिमेकी मुलुक भारतको सत्तासिन भारतीय जनता पार्टी र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का अधिकारीहरू संविधान तुहाउन सक्रिय भएका छन् । चीनसँग बढ्दो निकटताबाट त्रसित भारतको प्रतिपक्षी दल कांग्रेस आई र भाजपाको नेपाल नीतिको समिकरण अहिले समान भएपछि भारतीय अधिकारीहरु तारम्तार काठमाडौंमा आई राजनीतिक दलका भिन्न नेताहरुबीच छलफल गरिरहेका छन् ।
भारतीय चासोलाई वेवास्था गर्दै संविधान जारी भएपछि रुष्ट भई नाकाबन्दिसम्म गरेको भारतले काठमाडौंमा केन्द्रिकृत दलभित्रको विभाजन र मतभेदविना गलाउन नसकिने ठानेपछि अहिले भारतीय लाइन एजेन्सीका अधिकारीहरु डेरा जमाएरै संविधान असफल बनाउने खेलमा लागेका छन् ।
हिन्दु राज्य, राजसंस्था फर्काउनेसम्मको उद्देश्यका साथ काठमाडौंमा राजनीतिक चक्रव्यूह बनाउन थालिएको छ । त्यसका लागि जसरी पनि उनीहरु ओली सरकारलाई भिरमा पु¥याउने र भारतीय पक्षको प्रस्ताव स्वीकार्न ओलीलाई बाध्य पारिने बाध्य नभए सरकार गिराउने रणनीतिमा उनीहरू सक्रिय छन् ।
यसको नेतृत्व रअका पूर्व प्रमुख आलोक जोशीले गरिरहेका छन् । जोशीले सरकार गिराउनका लागि पहिलो तुरुपका रुपमा एमाले नेता माधवकुमार नेपालको प्रयोग गरेका थिए । पोखरामा नेपालसँग जोशीको गोप्य वार्ता भएपछि सरकारविरुद्ध एमालेमा नेपाल र खनालको कडा आलोचना आउन थालेको हो जसले स्थायी समिति वैठकमा पनि तनाव उत्पन्न गराएको थियो ।
जोशीलगायतका भारतीय लाइन एजेन्सीका अधिकारीहरुले नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गरेका थिए । नेपालले एमालेभित्र आफ्नो बहुमत रहेको र सरकार गिराउन सक्ने बताएपनि कांग्रेस र मधेसवादी दलहरुलाई सहमतिमा ल्याएर आफ्नो सरकारमा समर्थन गराउने ग्यारेन्टिको सर्त अघि सारेको उच्च स्रोतले जनायो ।
नेपालको तर्फबाट सरकार परिवर्तनका लागि सर्तका पोको बोकेर उनको भतिज बताउने समीर नेपाल र सरोज शर्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारसम्म निरन्तर पुगिरहेको स्रोतको दाबी छ ।
उनीहरुको धारणाका आधारमा भारतीय लाइन्स एजेन्सीका अधिकारीहरुले पनि यी नेतालाई बारम्बार भेट्ने गरेका छन् । ‘पहिलो प्राथमिकतामा ओली नेतृत्वको सरकार गिराउने प्रस्ताव, त्यसो हुन नसके ओलीलाई झुकाउने खेलका प्रस्तावहरू अघि सारिएका छन्’, स्रोतले भन्यो,‘यस पछाडीको कारण नेपालको संविधान असफल बनाएर अस्थिर राजनीतिक अवस्थामा पु¥याएर हिन्दू राज्य र राजसंस्था फर्काउनेसम्मको योजना बुनिएको छ ।’
नेपालमा कम्युनिष्ट र राष्ट्रवादी गठबन्धन नहटाएसम्म संविधान र सरकारमा भारतीय प्रभाव नदेखिने भएपछि भारतीय अधिकारीहरुको नेपालमा गोप्य प्रवेश र राजनीतिक चलखेल बाक्लिएको हो । नेपालका लागि पूर्वराजदूत राकेश सुद चार घन्टाका लागि काठमाडौं आएर सत्तामा रहेका सवै राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरी फर्किएका थिए ।
नेपाल जानकारका रुपमा बुझिने सुद नेपालमा रहँदा विवादस्पद राजदूत थिए जसले माओवादीविरुद्ध खुला चुनौति र अभिव्यक्ति दिँदै हिँडेका थिए । उनको यो अभियानमा भारतीय जनता पार्टीका तर्फबाट रामप्रसाद सिन्हा र अश्वीनिकुमार सक्सेनाले सहयोग गरिरहेका छन् । हायात रिजेन्सीमा डेरा जमाएरै बसेका यी दुइले जसरी पनि ओली सरकार गिराउने अभियानमा भाजपा र रअको समन्वय गराउने र राजनीतिक दलका नेताहरुसँग निरन्तर उछलकुदको काम गरिरहेका छन् । त्यसो त, लाइन एजेन्सीका अधिकारीहरुले सरकार गिराउने र संविधान असफल बनाउने खेलमा सघाउनका लागि शनिबारमात्रै स्थलमार्ग भएर तीनवटा भारतीय गाडीमा भाजपाका अन्य नेताहरु नेपाल प्रवेश गराइसकेका छन् ।
सरकार कमजोर बनाउन यस्ता प्रपञ्च
प्रक्रियागत ढंगले सरकार गिराउनका लागि संसदमा बहुमत चाहिने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले चलाएको प्रचण्ड तुरुप फेल भएपछि देउवाले गठबन्धनका दलहरुलाई विश्वास गर्न छाडेका छन् । उनीहरू सरकार परिवर्तनको पक्षमा उभिएपनि देउवाले पहिला सरकार छाडेर आउनका लागि भन्ने गरेका छन् ।
भारतीय अधिकारीहरुको दबाबमा सरकार परिवर्तनका लागि तयार रहेको नयाँ सरकार गठनका लागि तयार रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष थापालाई देउवाले पहिला समर्थन फिर्ता गरी छलफलमा आउने शर्त अघि सारेका थिए ।
भारतीय एजेन्सीले कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गरेर सरकारलाई भ्रष्ट देखाउन अख्तियार प्रमुख लोकमानसिंह कार्की अगाडी सारेको छ । कार्कीमार्फत नै मुलुकमा अस्थिरता बढाउनका लागि भूमीगत समुका नाममा तराई मधेसमा हिंसाको राजनीति गरिरहेका समुहहरुलाई ४० करोड निकासा भएको स्रोतको दाबी छ ।
‘केही दिनमा मधेसका भूमिगत समुहहरुले आन्दोलनको घोषणा गरी अस्थिरता अपनाउने काम हुनेछ’, स्रोत दाबी गर्छ । कुनैपनि हालतमा हिन्दू राष्ट्र र सकभर राजतन्त्र नै फर्काउनका लागि भयानक खेल भइरहेको छ ।
जनप्रहार साप्ताहिकबाट
No comments:
Post a Comment