मृगौला भनेको शरीरको पेट पछाडि ढाडको दुवैतिर रहेको दुईवटा अति महत्वपूर्ण अगं हो । रगतमा भएको फोहोर पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ । यसले रक्तचाप सन्तुलनका लागी पनि महत्वपूर्ण कार्य गर्दछ । हृदयघात, मुटुरोग, अत्याधिक मदिरा सेवन, उच्च रक्तचाप लगायत अन्य रोगका कारण मृगौलाले काम गर्न सक्दैन् । नेपालमा करिब ३० लाख मानिसलाई मृगौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता छ । बर्षेनी लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । मृगौला किन फेल हुन्छ त ? प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ । मृगौलाको फिल्टरले काम नगरेर नै छिन छिनमा पिसाब लाग्ने गर्छ ।
:
#मृगौला_फेल_हुने_कारणहरु
:
- हृदयघात
- मुटुरोग
- अत्याधिक मदिरा सेवन,
- उक्त रक्तचाप
- मधुमेह
- संक्रमणजन्य रोग
- कलेजो, बिग्रेको अवस्थामा
- मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ ।
र
- ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।
:
#के_हुन_लक्षण ?
:
- थकाइ र कमजोरीको महसुस हुनु,
- काममा कम ध्यान जानु,
- खानामा अरुचि,
- निदाउन कठिनाइ,
- राति खुट्टाको मासु गल्नु र फर्किनु,
- गोडा सुन्निनु,
- बिहान आँखा वरिपरि सुन्निनु,
- छाला सुख्खा हुनु र चिलाउनु,
- राति बढी पिसाब लाग्नु, रक्तअल्पता ।
- महिनावारीमा अनियमितता
र
- स्याँस्याँ हुने ,
- पिसाब फेर्न गाह्रो हुने र छिन छिनमा पिसाब लाग्ने हुन्छ ।
:
#मृगौला_रोगबाट_कसरी_बच्ने_त ?
:
- कम्तीमा वर्षमा एक पटक मृगौलाको नियमीत परीक्षण गराउने ।
- खानपानमा ध्यान पुर्याउदै अक्जालेट कम भएका खाना खान खाने ।
- पान, गुटखा र सुपारी,मधपान धुमपानको कुलत बाट टाढारहने ।
- जथाभाबि एन्टिवायोटीको प्रयोग नगर्ने, गर्नैे परेपनी चिकित्सकको सल्लानुसार प्रयोग गर्ने
- प्रयाप्त पानी पिउने ।
- तौल सन्तुलनमा राख्नु र
- रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन् ।
- औषधि प्रयोगमा सावधानी अपनाउने ।
- सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानी हटाउने ।
- स्वच्छ पानी प्रशस्त पिउने ।
- नियमित व्यायाम गर्ने ।
- जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने ।
- सन्तुलित आहार गर्ने बानी बसाल्ने र
- परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् ।
==========
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला |
__________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Monday, 6 June 2016
मृगौला जाला है !!! ख्याल गर्नुहोस् !
Labels:
Health Tips
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment