Wednesday, 1 June 2016

हिन्दु देवीको आपत्तिजनक फोटो लाइक र सेयर गरेको भन्दै दुई मुस्लिम युवक पक्राउ

 
फेसबुकमा हिन्दु देवी कालीको आपत्तीजनक फोटोलाई लाइक र सेयर गरेको आरोपमा भारत भोपालमा दुई जना मुस्लिम युवक पक्राउ परेका छन् । 
भारतीय सुरक्षा कानुनका अनुसार समाजमा अराजकता फैलाएको भन्दै उनीहरुलाई पक्रेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । ३२ वर्षका अलि हसन शेख र ३१ वर्षका अब्दुल कय्युम कुरेशी पक्राउ परेका हुन् । हिन्दुदेवीको आपत्तिजनक तस्बिरलाई लिएर भारतमा धेरै हिन्दु संगठनहरुले विरोध जनाउँदै गाएका थिए । 
भोपाल प्रहरीका एक अधिकारीले भने, ‘उनीहरु विरुद्ध हामीसँग प्रर्याप्त प्रमाण छ, उनीहरुले सामाजिक सुरक्षामा खलल पुर्याएका छन् ।’ पक्राउ परेका एक जना व्यापारीको बडिगार्डका रुपमा काम गर्छन् भने अर्काको इलेक्ट्रोनिक सामानको पसल छ ।

No comments:

Post a Comment