आठौँ राष्ट्रिय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बुधबार देखि राजधानीमा सुरु भएको छ ।
प्रतियोगितको राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा उद्घाटन गरिन् । प्रतियोगितको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वच्छ, स्वस्थ्य र समृद्ध राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
खेल क्षेत्रले अनुशासित र मर्यादित समाज निर्माण गरी राष्ट्रलाई एकताको सूत्रमा बाँध्न सहयोग पूर्याउने विश्वास पनि उनले व्यक्त गरिन । राष्ट्रपति भण्डारीले हिमाली क्षेत्रमा हुने खेलका लागि विदेशीहरु आउने गरेको उल्लेख गर्दै खेल पर्यटनको प्रचुर सम्भावनालाई मध्यनजर गरी अर्थतन्त्रलाई सुदृढ पार्न खेलकुद क्षेत्रलाई सिर्जनात्मक ढङ्गले अघि बढाउने तर्फ सरकारले यथोचित ध्यान दिनुपर्ने उल्लेख गरिन्
समारोहमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार खेलकुदको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । आगामी आर्थिक बर्षको बजेटमा सरकारले कम्तिमा एक प्रदेशमा एउटा रंगशाला निर्माण गर्ने योजना समावेश गरी खेल विकासलाई जोड दिएको उनको तर्क थियो ।
उद्घाटन समारोहमा सशस्त्र प्रहरी बलको सांस्कृतिक प्रस्तुति तथा तेक्वान्दोका खेलाडीले खेल प्रदर्शन गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको तीनदिने प्रतियोगितामा मुलुकभरका पाँच विकास क्षेत्रका खेलाडी तथा प्रशिक्षक सहित ५ सय ४९ जनाको सहभागिता छ । प्रतियोगितामा तेक्वान्दो, उसु, कराँते, एथलेटिक्स, फुटबल, भलिबल लगायत आठ खेल समावेश छन् ।
No comments:
Post a Comment