Wednesday, 1 June 2016

स्विट्जरल्यान्डको चमत्कार: बनायो विश्वकै लामो रेल्वे सुरुङ्ग

 
विश्वकै सबैभन्दा लामो र गहिरो रेल सुरुङ्गको बुधबार स्विट्जरल्यान्डमा उद्घाटन हुँदैछ । यसलाई बनाउन मात्रै करिब १७ वर्ष लागेको थियो । 
 
५७ किलोमिटर लामो यो गोटहार्ड बेस सुरुङ्ग स्विट्जरल्यान्डको मध्य केन्टन प्रान्तस्थित उरीको इस्टफिल्डबाट शुरु भएर दक्षिण केन्टन टिसिनोको बोडियोसम्म चल्नेछ । 
 
यो सुरुङबाट दैनिक २ सय ६० मालगाडी र ६५ वटा यात्रुवाहक रेल चल्नेछन् । यस ट्र्याकमा कुनै पनि रेल २ सय किलोमिटर प्रतिघन्टाका दरले कुद्नेछन् । 
 
समुद्री सतहबाट करिब ५ सय ५० मिटरमाथि स्विटजरल्यान्डको सबैभन्दा अग्लो पहाड क्रेस्टको २३ सय मिटर मुनि यो रेल्वे ट्र्याक रहेको छ। 
 
ज्यूरिचबाट उत्तरी इटलीको मिलान पुग्न अब केबल २ घन्टामात्रै लाग्नेछ । जुन पहिले भन्दा एक घन्टा छोटो भएको छ । 
 
यसको शुभराम्भका अवसरमा जर्मन चान्सलर एन्जिला मर्केल, फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द र इटलीका प्रधानमन्त्री माटेओ रेन्जी उपस्थित हुनेछन् । 
 
यो नयाँ रेल ट्र्याकलाई बनाउनुको उद्धेश्य रेल भाडालाई कम गर्नु रहेको छ। 
यसका अलावा यो ट्र्याकबाट धेरै भन्दा धेरै सामान ढुवानी गर्ने उद्धेश्य स्विस सरकारले लिएको छ। यसबाट सडकबाट हुने ढुवानीमाथिको निर्भरता पनि घट्नेछ । यो रेल्वे ट्र्याकले प्रदुषण पनि घटाउनेछ । 
 
यूरोपियन यूनियन ट्रान्सपोर्ट कमिश्नर भायलेटा बुल्कले अघिल्लो हप्ता यस सुरुङ्गलाई युरोपका लागि 'गाडसेन्ड' बताएका थिए । जसले रोटरड्याम र एन्टेर्पलाई एड्रियाटिकको भागसँग जोड्नेछ । 
 
सन् १९४७ मा सबैभन्दा पहिले स्विस इन्जीनियर कार्ल एडवर्ड ग्रुनरले यसको पहिलो डिजाइन गरेका थिए । यो प्रोजेक्टको बढ्दो लागत, सरकारी प्रक्रियामा ढिलासुस्ती र अन्य समस्याका कारण सन् १९९९ सम्म धकेलियो । 
सन् १९९९ देखि निर्माण शुरु भएको यो परियोजना १७ वर्षमा १२ बिलियन स्विस फ्र्यांक (१२ बिलियन डलर या ११ बिलियन युरो)  भन्दा बढी लागतमा यो सुरुङ्ग तयार भएको हो । 
 
यो सुरुङ्ग बनाउन इन्जीनियर्सले करिब ७३ प्रकारका ढुंगालाई विस्फोट गराएर फुटाउनु परेको थियो । जसममा कयौं एकदमै कडा ग्रेनाइट र कयौं कमला ढुंगा पनि थिए । 
 
यो निर्माणका क्रमममा २८ मिलियन ढुंगालाई टनेलबाट निकालिएको थियो । यो परियोजनाको निर्माणका क्रममा नौजना मजदुरले ज्यान समेत गुमाए । 
 
डिसेम्बरबाट यस रूटमा यात्रु रेल गुड्न थाल्नेछन् । ज्यूरिचदेखि उत्तरी इटलीको मिलानबीचको यात्रा दुरी पनि एक घन्टा कम हुनेछ । अब यो यात्रा दुई घन्टा ४० मिनेटमा झर्नेछ । 
गोटहार्ड रेल सुरुङ्गको शुभारम्भपछि यो जापानको ५३.९ किलोमिटर लामो सुरुङ्गलाई पनि पछि पार्नेछ । बे‍लायत र फ्रान्सलाई जोड्नेवाला ५०.५ किलोमिटर लामो रेल्वे सुरुङ अब तेस्रो नम्बरमा धकेलिनेछ ।

No comments:

Post a Comment