८ सूर्ति छोड्दा तपाईलाई हृदयघात, मुटुरोग तथा क्यान्सर जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम हुनेछ ।
८ प्रजननअवस्थामा हुनुहुन्छ भने तपाईको गर्भ रहने क्षमतामा कमी आउने छैन ।
८ गर्भवती हुनुहुन्छ भने सूर्ति सेवन छाड्नाले तपाईको बच्चा स्वस्थ जन्मने सम्भावना बढेर जान्छ ।
८ तपाईसागै बस्ने परिवार विशेष गरी तपाईका सन्तानहरु बढी स्वस्थ रहनेछन् ।
८ सूर्ति सेवन गर्न लाग्ने रकमलाई भोजन, स्वास्थ्य सेवा, आवास तथा शिक्षा जस्ता अन्य फाइदाजनक क्षेत्रमा खर्च गर्न सक्नु हुने छ ।
८ तपाईको मुहार चम्किलो हुनेछ । सूर्तिले छालालाई चाउरी पार्दछ । उमेर नपुग्दै बुढो जस्तो पार्छ र दाातमा पहेंलो कस जम्छ । सूर्ति सेवन त्याग्नाले चााडै बुढ्यौली लाग्न रोकिन्छ र छाला स्वस्थ हुने र त्यसमा कान्ति फर्कनेछ ।
८ तपाईमा आत्मविश्वास बढ्नेछ । आफनो जीवनमाथि काबू राख्न सकेकोमा तपाईमा आत्मविश्वास जाग्नेछ । सूर्ति त्याग्नाले तपाईमा हिम्मत बढ्नेछ ।
सुर्ती कसरी छोड्ने ?
८ छोड्ने मिति/भाखा तोकेर तयार बन्नुहोस् ।
८ छोड्ने अवधि भरी मार्गदर्शनका लागि छोडपत्र आफनो साथमा राख्नुहोस् र पढ्ने गर्नुहोस् ।
८ सूर्तिको सम्झना दिलाउने कुनै बस्तु छन् कि भनी आफनो घर, कार्यालय, कार आदि हेर्नुहोस् र छन् भने हटाउनुहोस् । उदाहरणका लागि एस्ट्रे, चुरोट, लाइटर, खैनीका पुरिया आदि ।
८ आफूले सूर्ति छोड्ने प्रण गरेको कुरा मित्रहरुलाई जानकारी दिनुहोस् । यसो गर्दा तपाईलाई आफनो अठोटमा अडिन बल
पुर्याउनेछ । तपाईका मित्रहरुले तपाईलाई सूर्ति छोड्न र छोडेपछिको समस्यामा साथ दिन सक्नेछन् ।
८ सूर्ति छोड्न चाहने अरु मित्रहरुको खोजी गर्नुहोस् । मित्र अथवा सहकर्मीसागै छोड्ने मिति तय गर्नाले उक्त लत त्याग्नलाई एक अर्काको सहयोग प्राप्त हुनेछ ।
८ सूर्ति छोड्नका लागि आफूलाई शारीरिक रुपले तयार गर्न सामान्य व्यायाम र आराम गरेर र प्रशस्त तरल पदार्थ पिएर तयारी हुनुहोस् ।
८ तनावपूर्ण अवस्थाबाट जोगिनुहोस् तथा सूर्ति सेवन गर्न प्रेरित गर्ने खालका सामाजिक कार्यक्रमहरुबाट बच्नुहोस् ।
८ सूर्ति सेवन गर्ने तपाईको आत्मबललाई कमजोर तुल्याउने हुनाले मादक पदार्थ नपिउनु होस् ।
८ पेट टन्न हुने गरी नखानुहोस् ।
८ आफनो सौख पुरा गर्ने काममा लाग्नुहोस् । जस्तै पढ्न रुचाउनु हुन्छ भने चाखलाग्दा पुस्तकहरु खोजेर पढ्नुहोस् । खेलकुद्यमा चाख छ भने त्यता तिर लाग्नु होस् ।
सूर्ति छोड्दा हुन देखापर्न सक्ने शारिरीक तथा मानसिक असरहरुसाग सामना गर्ने केही बुादाहरु
८ लामो सास फेर्ने : पााच गनुन्जेलसम्म लामो सास लिनुहोस् । फेरि पााच गनुन्जेल विस्तारै सास छोड्नुहोस् ।
८ आराम गर्नुहोस् : आरामदायी स्थानमा रहनुहोस्, आाखा बन्द गर्नुहोस्, हृदय देखि नै आराम लिने कोशिस गर्नुहोस् । सूर्ति बिनै म बााच्न सक्छु भनी मनमनै सोचिरहनु होस् ।
८ आफनो मनलाई अन्यत्रै लगाउनुहोस् : केही अन्य काम गर्नुहोस्, गीत सुन्नुहोस्, हिड्नुहोस्, पुस्तक पढ्नुहोस, फोन उठाई साथीसाग बात मार्नुहोस् ।
केही खानेकुरा टोक्नुहोस् वा चपाउनुहोस् । सूर्तिको तलतल लागेमा सुख्खा फलफुल, तरकारी, सुपारी, ल्वाङ, सुकुमेल आदि तथा चुइङगम जस्ता टोकेर चपाउने बस्तुहरु चपाउनुहोस् ।
८ पटकपटक पानी वा फलफुलको रस पिउनुहोस् : प्रशस्त पानी पिउनाले तपाईको शरीरमा रहेका सूर्तिको लत लगाउने वस्तु निख्रन मद्दत पुर्याउाछ ।
८ नियमित व्यायाम गर्नुहोस् : नियमित व्यायाम गर्नाले तपाईको तनाव तलतल कम गर्न सहयोग पुग्छ । यसो गर्दा तपाईलाई आरामको महशुस हुन्छ र तौल बढ्न नदिन सहयोग पुर्याउाछ ।
स्रोत : स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर
Wednesday, 1 June 2016
सूर्ति सेवन छोड्दा हुने फाइदाहरु,
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment