Wednesday, 1 June 2016

दक्षिण कोरियामा ग्याँस विस्फोट, चार जनाको मृत्यु

विकाश श्रेष्ठ । १९ जेठ, सोल ।
कोरियाको राजधानी सोल नजिकै निर्माधिन भुमिगत रेलमार्ग सववेमा ग्याँस विस्फोट हुदाँ कम्तिमा चार जनाको मृत्यु भएको छ ।
बिमलले फेसबुकमा लेखे- म रोइरहेको छु, अव बहिनीका लागि लड्छु
विस्फोटनमा अन्य दश मजदुर घाइते भएका छन् ।
विस्फोट आज बिहान सात बजेर बीस मिनेट जादाँ सोलको पुर्वी इलाका नाम्याङजुमा भएको अधिकारीहरुले जनाएका छन् । कामदारले वेल्डीङको काम गरिरहेको समयमा विस्फोट हुन पुगेको बताइएको छ ।
एक जनाको विस्फोट लगत्तै मृत्यु भएको र तीन जनाको जमिनको सतह भन्दा पन्ध्र मिटर तल च्याँपिएर ज्यान गएको छ । घाइते दशजनाको नजिकै अस्पतालमा उपचार भइरहेको र तीनको अवश्था गम्भिर रहेको अधिकारीहरुलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृत्यु र घाइते हुने सवै चालीस वर्ष भन्दा माथि उमेरका रहेका छन् । दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको बताइएको छ । यसैबीच ख्याङगी प्रहरीले घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।nepaliheadlines

No comments:

Post a Comment