जेठ २३, दोहा–विगत ३ वर्षदेखि कतारमा श्रमरत एक युुवाले साथीहरुलाई ब्याज तिर्नेगरी ऋण लिएर गिरानचौर एकीकृत नमुुना बस्तीका लागी ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपालमा बैंकमार्फत ऋण लिई आफैँ पनि घर बनाउँदै गरेका दमक, झपा घर भई हमाद एयरपोर्ट दोहामा कार्यरत रमेश कार्कीले हास्यकलाकार जोडी धुुर्मुुुस र सुुन्तलीको अगुुवाईमा बन्दै गरेको नमुुना बस्ती निर्माणका लागी उक्त रकम सहयोग गरेका हुुन् ।
२०७२ साल वैशाख महिनाको भुूकम्पले गर्दा घरबारबिहिन भईबसेका नेपाली जनता र जनताको आँसुुलाई मुुकदर्शक बनेर हेरिरहेको सरकारका अगाडि धुुर्मुुस–सुुन्तलीले नमुुना बस्ती बनाउन आफैँ खटेको थाहा पाएपछि उनले ऋण गरेरै भएपनि उक्त सहयोग रकम ठाएका हुुन् । ग्लोबल रेमिटमार्फत कृषि विकास बैंकको त्रिपुुरेश्वर शाखामा रहेको धुुर्मुुुस–सुुन्तली फाउन्डेसनको खाता नं ०२१०६०१०३३९२००२० मा जम्मा हुुनेगरी शुुक्रबार उनले उक्त रकम रेमिट गरेका हुुन् ।
हुुनत दोहामा एक सय भन्दा बढी संघ–संस्थाहरु छन्, कलाकारीताका नाममा मात्रै दर्जन भन्दा बढी संस्थाहरु छन । आफुूलाई ठुूलै समाजसेवी भनेर चिनिन १००/५० चन्दा दिएर अतिथि प्रमुुख अतिथि बन्दै भाषण ठोक्नेहरुको पनि यहाँ कमि छैन् ।
बिश्वभर संजाल फैलाएको एनआरएन अझ भनौँ पार्षदहरुबाट संकलन गरेको रकम अपचलन गरेको आरोपमा अन्तर्राष्ट्रिय ख्याति कमाएको एनआरएनको कतार शाखा पनि छ । नेपालबाट नेता बोलाएर जाँडपानी खुुवाउँदै डुुंगा सयर गराउने राजनैतिक दलका भातृ संगठनहरु पनि छन् जो निम्नस्तरका श्रमीकहरुबाट लेबी उठाउने गर्छन् ।
तर, अपसोच सामाजिक कामका लागि भने कुुनै संघ–संस्था वा राजनैतिक दलमा नलागेका समाजसेवी नकहलिएका, खादा ओड्न र भाषण भुुक्न रहर नभएका आफैँ ऋणमा भएर पनि थप ऋण बोक्दै रमेश कार्कीहरु देश र समाजका लागि निस्वार्थ सहयोग गरिरहेका छन् ।रातो पाटीबाट
Sunday, 5 June 2016
ऋण काटेर धुर्मुुस–सुुन्तली अभियानलाई ५१ हजार सहयोग
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment