चौतारा । भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ । करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताउनुभयो ।
गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । “करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ” उहाँले भन्नुभयो । उक्त सामान नेपाल भित्रिएपछि रु दुई करोडदेखि रु तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो
Sunday, 17 April 2016
नेपालीलार्इ खुसीकाे खबर : अवरूद्ध चिनसंग जाेडिएकाे तातोपानी नाका सञ्चालनमा अायाे
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment