Monday, 18 April 2016

पारस र शरदले पुरा गरे अर्धसतक, शतकीय प्रदर्शनले नेपाल जिततर्फ उन्मुख

काठमाडौं, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका कप्तान पारस खड्का र शरद भेषवाकरले अर्धसतक पुरा गरेका छन् ।
कीर्तिपुर मैदानमा जारी खेलमा निरन्तर चौका र छक्काको वर्षा गर्दै पारस र शरदले अर्धसतक पुरा गरेका हुन् । दुबै उत्कृष्ट शतकीय साझेदारी पनि गरेका छन् ।
खराब सुरुवात गरेको नेपालको इनिङ सम्हाल्दै पारस र शरदले क्रिजमा टिकेर निरन्तर खेलिरहेका छन् ।
पारस र शरदको शतकीय प्रदर्शन नेपाल जित नजिक पुगेको छ ।- दैनिक नेपाल डट कम

No comments:

Post a Comment