Friday, 15 April 2016

भाइरल बन्यो मोदीको ‘शक्तिशाली पञ्जा’

वैशाख ३
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतको राजकुमार विलियमसँग हात मिलाएपछिको तस्विर यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैले यसलाई मोदीको ‘शक्तिशाली हातेमालो’ भन्दै खिल्ली उडाएका छन् ।

हात मिलाएपछि देखिएको तस्विरमा राजकुमारको रातो हात सेतै बनेको थियो । यस्तो प्रायः रक्तसञ्चार रोकिएपछि हुने गर्छ ।
यो तस्विर सबैभन्दा पहिले चिनियाँ मिडिया पिपुल्स डेलीले ट्वीट गरेको थियो । जसमा ‘यो भारतीय प्रधानमन्त्रीको सबैभन्दा शक्तिशाली हातेमालो हो । राजकुमारको हात देखेर यही लाग्छ’ भनेर लेखिएको थियो ।

त्यसपछि उक्त तस्विर सामाजिक सञ्जालमा यो तस्विर भाइरल बन्यो । मोदीका समर्थक यसलाई ‘फलामे पञ्जा’ भन्न सम्म भ्याए ।
विलियम र केट मिडलटनको सम्मानमा मोदीले हैदराबाद हाउसमा लञ्चको आयोजना गरेका थिए । त्यही बेला मोदीले राजकुमारसँग हात मिलाएपछि उक्त तस्विर लिइएको थियो ।

यता, बेलायती मिडियाले भने यसलाई भारत र बेलायतबीचको सशक्त सम्बन्धको निशानी भएको बताएका छन् । द टेलिग्राफले यही आसयको समाचार लेखेको छ । यता डेली मेलले लेखेको छ, ‘अब राजकुमार विलियम र केटलाई कुनै शंका हुनेछैन कि मोदी १ अर्ब जनताका प्रधानमन्त्री हुन् ।’

समाजिक सञ्जालमा भने मोदीको यस तस्विरको निकै खिल्ली उडाइएको थियो । ‘पक्कै पनि मोदी पकौडा बनाउँदै थिए । रामकुमारको हातमा हेर्नुहोस्, त्यो सेतो रंग पक्कै पनि बेसन हो,’ एक जनाले यो सम्म लेख्न भ्याए ।

No comments:

Post a Comment