‘दर्पण छाँया’ फिल्मको सिक्वेल फिल्म‘दर्पण छाँया२’ निर्माण हुने भएको छ । १३ बर्ष पछि उक्त सिक्वेल फिल्म निर्माण हुन लागेको हो । नयाँ सिक्वेलमा नायिका नीरुता सिंहले काम गर्ने छैनन् ।
तर उत्तम प्रधानले भने सिक्वेलमा नीरन्तरता पाएका छन् । अनि दिलीप रायमाझिको आबद्धतालाई भने अन्यौलमा रहेको छ ।
फिल्मका निर्देशक तुलसि घिमिरेका अनुसार सिक्वेल फिल्म‘दर्पण छाँया२’को संगीत रेकर्डिङ सकीनुका साथै सबै कलाकारहरु तय गरीसकेको बताइएको छ । ‘दर्पण छाँया२’ फिल्मको छायाङकन जेष्ठको १५ गतेबाट सुरु गरीने बताईएको छ ।
सिरीज फिल्मलाई काठमाडौं, खप्तड र अमेरीकामा छायाङकन गरीनेछ । सिक्वेल फिल्म ‘दर्पण छाँया२’मा तुलसी घिमिरेकोे संवाद तथा पटकथा रहेको छ । फिल्म प्रमकथा र सँगितमा आधारीत हुने बताइएको छ ।
No comments:
Post a Comment