काठमाडौं—आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नामाबियाविरुद्ध शानदार जित हात पारेको छ। कीर्तिपुर मैदानमा २४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्का र शरद भेषवाकरको १६७ रनको साझेदारी मद्दतले नामियाविरुद्ध जित हात पारेको हो।
नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो। नेपाल ३ विकेटले विजयी भयो। नामिबियाले ५० ओभर खेल्दै ९ विकेट क्षतिमा १३९ रन बनाएको थियो।
जवाफी ब्याटिङमा आएको नेपालको सुरुवात सशक्त हुन सकेको थिएन। नेपालले ७ औं ओभरमा ओपनर नरेश बुढाऐरलाई गुमाएको थियो। उनी जेजे स्मिथको बलमा आउट भएका थिए। त्यसपछि आएका शरद भेषवाकरले परिपक्व ब्याटिङ गर्दै इनिङ सम्हालेका थिए। ज्ञानेन्द्र मल्ल १३ औं ओभरमा २२ रन बनाएर आउट भए । उपकप्तान ज्ञानेन्द्र आउट भएपछि नेपालको इनिङ केही धर्मराए जस्तो देखिएको थियो।
चौथो विकेटको रुपमा मैदान प्रवेश गरेका कप्तान पारस खड्काले निकै आक्रमक सुरुवात गरेका थिए। १३ ओभरपछि इनिङ सम्हालेको पारस र शरदको जोडीले नेपाललाई जितको बाटो देखाएका थिए। उनीहरु ४१ ओभरसम्म खेले। उनीहरुले १६७ रनको साझेदारी गरे। पारसपछि मैदानमा आएका राजेश पुलामी १ रन बनाएर क्याच आउट भए। जितका लागि १२ बलमा ८ रन अावश्यक भएकाे अवस्थामा दुई रन बनाएर अाउट भए। विनोद भण्डारी १६ बलमा १२ रन बनाएर आउट भए। सोमपाल कामी उनी ४८ अाै अाेभरमा सारेल बर्गरको बलमा क्याच अाउट हुन पुगे।
शरद भेषवाकरले दिगो ब्याटिङ गर्दै १०७ बलमा ७४ रन बनाएर नट अाउट रहे। अन्तिम अाेभरमा ६ रन अावश्यक पर्दा बसन्त रेग्मी मैदानमा अाएका थिए।
पहिला टस जितेर बलिङ रोजेको नेपालको फिल्डिङ कसिलो हुन नसक्दा नामिबियाले २३९ रनको स्कोर बनाउन सफल भएको थियो। नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन तथा सन्दिप लामिछानेले दुई दुई विकेट लिएका थिए।
पारसको शतक
कप्तान पारस खड्काले नामिबियाविरुद्ध सतक बनाए। आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध उनले १०३ रनको सतकीय इनिङ खेलेका हुन्। १३ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि मैदान प्रवेश गरेका पारसले विस्फोटक ब्याटिङ गर्दै ९४ बलमा १०३ रन बनाएका हुन्।
सतक बनाउने क्रममा उनले ७ छक्का र ५ चौका प्रहार गरेका थिए। उनलाई गोरेन वाल्डले एलबीडब्लु धरापमा पारेर पेभेलियन फर्काए।पारस नेपालको तेस्रो विकेटको रुपमा आउट भए।
यसअघि ९१ रनको स्थितिमा पारसले जीवनदान पाएका थिए। उनले स्ट्रेट प्रहार गरेको बल बलरले क्याच लिन नसकी छोडेका थिए। ७ औं ओभरमा नरेश बुढा ऐर आउट भएपछि मैदानमा आएका शरद भेषवाकरले पारससँग निकै प्रशंसनीय साझेदारी गरे।
Monday, 18 April 2016
नामिबियाविरुद्ध नेपालको शानदार जित
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment