६ बैशाख, काठमाडौं ।
गत वर्ष विश्वकप क्रिकेटको छनौट खेलमा आयरल्याण्डसँग निराशाजनक नतिजापछि नेपाली टिमका कप्तान पारस खड्काले भनेका थिए, “हामी यो खेल विर्सिन चाहन्छौं”।
आयरल्याण्डसँग हारेपछि नेपाल विश्वकप खेल्न बञ्चित हुने आधार तयार भएको थियो । उक्त दिनलाई उनले “सबैभन्दा खराव दिन” भनेका थिए । त्यतिबेला चर्चित क्रिकेट साइट क्रिक इन्फोले पारस खड्काको भनाइसहितको हेडलाइन बनाएको थियो ।
झण्डै एक वर्षपछि पारस खड्काले आफू किन कप्तान भन्ने कुराको पुष्टी मात्र गरेनन् अन्तराष्ट्रिय एकदिवसिय खेलमा धेरै सर्वाधिक रन समेत बनाए । धर्मराएको टिमलाई आत्मविश्वास प्रदान गर्दै पारसले ९४ बलमा १०३ रनको विशाल पारी खेले ।
पारसले नामिबियासँगको खेलमा कप्तानी पारि खेल्दै ढलमलाएको टिमलाई घरेलु मैदानमा इज्जत जोगाउने र दर्शकलाई निरन्तर हुटिङ गर्ने वातावरण तयार मात्र गरेनन् आफ्नै ब्यक्तिगत रेकर्डमा समेत नाटकीय सुधार गरे । यद्यपी उनी फिनिसिङ गर्नबाट भने चुके । तर नेपालको जित उनले सुनिश्चित गरिदिएका कारण मात्र सम्भव भएको हो ।
क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
Monday, 18 April 2016
पारसले पुरा गरे आफ्नो बाचाः साँच्चिकै कप्तानी पारी
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment