नविकरणीय उर्जा उत्पादनको क्षेत्रमा लगानी बढ्दै गएको एक अध्ययनले देखाएको छ । गएको वर्ष विश्वभर सौर्य, वायु तथा जलविद्युतसहितका नविकरणीय उर्जा उत्पानका लागि भएको लगानी अहिलेसम्मकै तीब्र रहेको अध्ययनमा उल्लेख छ ।
सन् २०१५ मा नविकरणीय उर्जा उत्पादनका लागि भएको लगानी कोइला तथा ग्यासबाट उर्जा उत्पादनका लागि गरिएको लगानी भन्दा दोब्बर बढीरहेको रिन्युएबलस ग्लोबल स्टाटस रिपोर्टमा उल्लेख छ । यस्तै गएको वर्ष पहिलो पटक विकसित भन्दा विकसित देशको सूचीमा आउने क्रममा रहेका देशमा नविकरणीय उर्जामा लगानी बढी भएको छ ।
विश्वभरमा अहिले ८० लाख भन्दा धेरै मानिसले नविकरणीय उर्जाको क्षेत्रमा काम गरिरहेका छन् । केही वर्षदेखि नविकरणीय उर्जा
उत्पादनमा हुने लगानी बढ्दै गएको भएपनि सन् २०१५ मा उच्च विन्दुमा पुगेको प्रतिवेदनमा उल्लेख छ । नविकरणीय स्रोतबाट गएको वर्षमात्रै झण्डै एक सय ४७ गिगावाट उर्जा थप भएको छ । यो अफ्रिकामा सबै स्रोतबाट उत्पादन गर्न सकिने विद्युतको बराबर हो ।
गएको वर्ष उत्पादन थप भएको उर्जामा सौर्य र वायुबाट धेरै रहेको छ । चीन, अमेरिका, जापान, बेलायत तथा भारत नविकरणीय उर्जा उत्पादनमा बढी लगानी गर्ने देशमा पर्छन् । गएको वर्ष विश्वभरमा दुई खर्ब ८६ अर्ब अमेरिकी डलर नविकरणीय उर्जा उत्पादनका लागि खर्च गरिएको छ ।
No comments:
Post a Comment